काठमाडौं । चीनले नेपालका लागि नयाँ राजदूतको नियुक्त गरेको छ। एसियाली मामिला विभागका उपमहानिर्देशक चेन सङ्गलाई नेपालका लागि नयाँ राजदूतका रुपमा चीनले नियुक्त गर्ने भएको हो ।
चेनले एसियाली मामिला विभागमा रहेर नेपाली सम्बन्ध हेर्दै आएका थिए। उनले होउ यान्छीको ठाउँ लिने छन् । चार वर्षको कार्यकाल पूरा गरेर यान्छी गएको महिना नेपालबाट बिदा भएकी थिइन् ।
प्रकाशित मितिः २०७९ मंसिर ०७ बुधबार
Comments