काठमाडौं । आज रोपाई जात्रा मनाइँदै छ । धान रापाई सकिएको खुःशीयालिमा मनाईने रोपाई जात्रा मल्ल कालिन राजा प्रताप मल्लको पाला देखि सुरु भएको मानिन्छ ।
विशेष गरि नेवाः समुदायले मनाउन सुरु गरेको रोपाई जात्रा देशैभर सबैको उत्सव बनेको हो । नेपाल भाषामा रोपाई जात्रालाई ‘सिनाज्या जात्रा’ भनिन्छ ।
रोपाई जात्रा असारको महिना धानको रोपाई गरी सके पछि मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । धान रोपाई सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ ।
यो जात्रामा रोपाईमा धान रोपे झैँ गरी नाच्ने गाउने गरिन्छ । रोपाई जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला धान रोप्ने खेतहरू मात्र भएको ठाउँमा गएर असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्दछन् ।
तर फेरि रोपाई जात्रालाई काठमाडौं केन्द्रमा मात्र राखेर ब्याख्या गर्दा अपुरो हुन्छ । कोसी किनार, कनकाई किनार देखि कर्णाली र महाकाली किनार सम्म विभिन्न तवरमा यस जात्रा मनाइन्छ । कर्णाली किनारमा यस जात्रालाई चोपाई भनिन्छ, कतिपय ठाउँमा रोपाई सेकपछिको अवसरलाई भुमेपाथी पनि भनिन्छ । रोपाई र दाउन अर्थात् वाली भित्राउँदा एकएकपटक भुमेपाथी मनाउने चलन छ ।
प्रकाशित मितिः २०७९ साउन २८ शनिबार
Comments