भक्तपुर नपामा प्रजापति र जोशी अत्याधिक भारी मतको अन्तरले विजयी

भक्तपुर न्यूज

५ जेठ २०७४ १६:२४

भक्तपुर नपामा प्रजापति र जोशी अत्याधिक भारी मतको अन्तरले विजयी

भक्तपुर ५ जेठ । भक्तपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाल मजदुर किसान पार्टीले भारी मतको अन्तरले विजय प्राप्त गरेको छ । मेयरमा नेमकिपाका सुनिल प्रजापतिले २५ हजार ५ सय ६८ र उपमेयरमा २५ हजार ६ सय ५८ मतले विजयी भएका हुन् ।

उनीहरुको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राम प्रसाद कासुला र गंगा लक्ष्मी अवाल रहेका छन् । उनीहरुले क्रमशः ६ हजार ५ सय ३२ र ६ हजार ५ सय ४९ मत पाएका छन् ।
यस्तै, नगरपालिकाको १० वटा वडामा नेमकिपाको पुरै प्यानल विजयी भएका छन् । वडा नं. १ मा श्यामकृष्ण खत्री, वडा नं. २ मा हरिप्रसाद बासुकला, वडा नं. ३ मा राजकृष्ण गोरा, वडा नं. ४ मा कुमार चवाल, वडा नं. ५ मा प्रेमगोपाल कर्माचार्य, वडा नं. ६ मा हरिराम सुवाल, वडा नं. ७ उकेश कवां, वडा नं. ८ मा महेन्द्र खायमली, वडा नं. ९ मा रविन्द्र ज्याख्व र वडा नं. १० मा लक्ष्मी प्रसाद ह्यौमिखाको पुरै प्यानल अत्याधिक मतले विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *