काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्स कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको छ । सोमबार राति भएको खेलमा मुम्बई कोलकत्तासँग ५२ रनले पराजित भएको हो ।
१ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो । मुम्बईका इशान किशनले ५१, केइरन पोलार्डले १५, टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाए।
कोलकत्ताका प्याट कमिन्सले ३, आन्द्रे रसेलले २ तथा टिम साउथीले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।
कोलकत्ताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३/४३, अजिन्का रहानेले २५ तथा रिन्कु सिंहले अविजित २३ रन बनाए ।मुम्बईका जस्प्रित बुम्राहले ५, कुमार कार्तिकेयाले २ तथा डानिल साम्सले १ विकेट लिए ।
जितसँगै कोलकत्ता १० अंक जोडेर सातौं स्थान रहेको छ भने मुम्बई ४ अंक जोडेर पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख २७ मंगलबार
Comments