लण्डनमा नेवारी शैलीको भोज खुवाईदैँ

भक्तपुर न्यूज

१४ वैशाख २०७४ ८:३८

लण्डनमा नेवारी शैलीको भोज खुवाईदैँ

। सुशील प्रजापति ।

लण्डन, १४ बैशाख । लण्डनमा रहेका नेपालीहरुलाई नेवारी शैलीको भोजका लागि पासा पुच गुठी साउथ इष्टले एक कार्यक्रम आयोजना गर्दैछ ।


नेपाली र नेवारी कला संस्कृतिका साथै बिभिन्न कार्यक्रम गर्दै आएको साउथ इष्टले मे २१ मा परम्परागत शैलीमा पलेटी कसेर लप्टेमा खाने सामुहिक भोजको आयोजना गरेको पासा पुच गुठिका अध्यक्ष एवं सो कार्यक्रमका संयोजक सुशिल प्रजापतिले जानकारी दिए ।
उनले भने नेपाली र नेवारी कला संस्कृतिको प्रवद्र्धन प्रचार प्रसार र संरक्षणका लागि पासा पुच गुठी साउथ इष्ट लागि परेको छ ।

उनले बिगतका दिनहरुमा लण्डनमा यो कार्य समितिले सांस्कृतिक झाँकि सहित मह पुजा, सांस्कृति झाँकि सहित यो मरी पूण्य, सांस्कृति झाँकि सहितको क्वाटी पूण्य, लाखे नाच, भैरव नाच, धिमे बाज सहित बिभिन्न  मौलिक र  सांस्कृति परम्परातको निरन्तरता बिदेशमा रहेर दिईरहेको  जानकारी दिएको बताए । उनले भने हरेक बर्ष पासा पुच गुठि यूकेले  सामुहिक बेलविवाह र ब्रतबन्ध जस्ता कार्यक्रम गर्दै आएको छ ।


नेपाल र नेपाली माझ मात्र नभएर बिदेशी भूमिमा नेपालका बारे थप जानकारी दिँदै पर्यटन प्रबद्र्धनमा समेत यो गुठिले सक्दो भूमिका निर्वाह गरेको बताउँदै प्रजापतिले भने यस पट मे २१ मा नेवारी भोज खुवाउने तयारी गरिरहेका छौं ।


पासा पुच गुठि साउथ इष्टले आयोजना गरेको यो भोजमा सय टिकट मात्र बिक्रि गर्ने योजना रहेता पनि पहिलो दिनमा सबै टिक बुक भईसकेको र अन्य स्थानहरुबाट समेत माग रहेकाले आयोजकले थप संख्या बढाउन लागेको  प्रजापतिले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *