सिड्नीमा अप्रिल ८ मा नेपाली खाना महोत्सब

भक्तपुर न्यूज

२४ चैत २०७३ ६:०२

सिड्नीमा अप्रिल ८ मा नेपाली खाना महोत्सब

एजेन्सी, २४ चैत । टु टेबल्सको आयोजनामा सिड्नीमा पहिलो पटक नेपाली खानाको महोत्सब Nepali Food Festival 2017 भब्यताको साथ सफल गर्न आयोजकले अन्तिम तयारी पुरा पुगेको छ ।
कार्यक्रममा नेपाली मात्र नभई ठुलो संख्यामा बिदेशीको उपस्थिती रहने जनाइएको छ । अप्रिल ८ मा हुने महोत्सवमा धेरै जसो बिदेशीले यो मेलामा आई नेपाली खान खाने ईच्छा राखेको पाईएको छ ।
सिड्नीको पुरानो बोकेको इतिहास भएको बेल्मोर पार्कमा यो महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय परिकारको मज्जा लिन नेपाली समुदाय त झुम्मिने नै छ, विदेशीहरुमाझ मौलिक नेपाली खानाको प्रचारप्रसार गर्ने पनि आयोजकको उद्देश्य छ ।
एकदिने महोत्सवमा नेपाली र विदेशीहरु गरी दशौं हजार मानिस सहभागी हुने आयोजकले बताएका छन् । महोत्सवमा ११ वटा फुड स्टल रहनेछन् भने ६ जना नेपाली सेफहरुले नेपाली परिकारहरु दर्शकलाई चखाउनेछन् ।
महोत्सवमा लिम्बू लगायत विभिन्न समुदायका ठेट परिकार पनि चाख्न पाइनेछ । सिड्नीका मुगलान, निम्तो, ओ मःमः, माइती फ्युजन, एडिज किचेन, याक एण्ड यति, भोजन, ओमतारा लगायतका स्थानीय रेष्टुरेण्टहरुले पनि स्टलहरु राख्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *