काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका पाँच खेलाडीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । रियलले बिहीबार आफ्ना पाँच खेलाडीमा कोरोना सङ्क्रमण भएको पुष्टि गरेको हो ।
यसअघि रियलका लुका मोड्रिक र मार्सेलोमा कोरोना सङ्क्रमण भएको थियो । आज रियलले अरू तीन खेलाडीमा कोरोना देखिएको जनाएको हो । क्लबले मार्को एसेन्सियो, रोड्रिगो, एन्ड्री लुनिन र ग्यारेथ बेलमा कोरोना पुष्टि भएको जनाएको छ ।
आइतबार ला लिगाअन्तर्गत शीर्ष स्थानमा रहेको रियलले काडिजसँग खेल्दै छ । यो खेलअगाडि टिमका खेलाडीमा कोरोना पुष्टि हुँदा प्रशिक्षक कार्लो एन्सोलोट्टी समस्यामा परेका छन् । एजेन्सी
Comments