सुनको मूल्य घट्यो, चाँदी भने स्थिर

भक्तपुर न्यूज

१७ चैत २०७३ ७:२५

सुनको मूल्य घट्यो, चाँदी भने स्थिर

काठमाडौं, १७ चैत ।  आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइन सुनको मूल्य आज १ सय रुपैयाँले घटेर ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी भने स्थिर रहेको छ । आज पनि हिजैको दरमा अर्थात प्रतितोला ८ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *