यी हुन् फिनल्याण्डको स्थानीय निर्वाचनमा भिड्न लागेका नेपालीहरु
एजेन्सी ११ चैत । । फिनल्याण्डमा आगामी अप्रिल ९ मा हुने स्थानीय निर्वाचनमा चार जना नेपालीहरु चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु फरक– फरक पार्टीको प्रतिनिधित्व गर्दै फरक–फरक शहरबाट चुनाबी मैदानमा उत्रिएका हुन् ।
फिनल्याण्ड भन्नासाथ धेरै मानिसहरुको जिउ लगलग काम्न थाल्छ । झट्ट सुन्दामाइनस ४०–५० डिग्रीसम्म हुने चिसो, ६ महिना घामै देख्न नपाइने देशमा अहिलेचुनाबी माहोल ह्ववात्तै बढेको छ । ५४ लाख कुल जनसँख्या रहेको देशमा ३हजारकोहाराहारीमा नेपालीहरु रहेको अनुमान छ। स्थानीय निर्बाचनमा यति धेरैनेपालीहरु उमेद्वारको रुपमा खडा भएका कारणयहाँको नेपाली समुदायमा पनियसपटक झनै चासो बढेको हो ।
बिदेशमा मेहेनती, मिलनसार, इमान्दारको छवी बनाएका नेपालीहरु अब बिदेशीभुमिमा नीति निर्माण तह अर्थात् राजनीतिकक्षेत्रमा पनि आफ्नो बाक्लो उपस्थितीजनाउन सक्रिय देखिन्छन् ।
ब्योमा ताम्राकार
फिन्ल्याण्डको राजधानी हेल्सिन्कीबाट उम्मेदवारी दिएकी ब्योमा ताम्राकार नेपालीहरु बिच चीर परीचित नाम हो। २५ बर्षदेखिफिन्ल्याण्डमा बसोबास गर्दै आएकी ताम्राकारले यहाँका बिभिन्न सामाजिक सँस्थाहरुमा आवद्द हुनुका साथै नेपालीभाषाकीशिक्षिका एबम् अनुबादकको भूमिका समेत निभाउँदै आएकी छिन् ।
हेलसिन्की विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनले स्विडिश पिपुल्स पार्टीबाट उम्मेदवारी दिएकी हुन् । उक्तपार्टी हाल फिन्ल्याण्डमा नाम सुनिएका मध्ये पहिलो हो, जुन १९०६ मा दर्ता गरिएको थियो ।
यो पार्टी यसअघिको स्थानिय चुनाव र सँसद्को चुनाव दुबैमा सातौँ बरियतामा परेको थियो। अल्पसँख्यक जनता,आप्रबासीकामुद्दामा बढी केन्द्रित उक्त दलबाट उम्मेदवारी दिएकी ब्योमाले पार्टिगत भन्दा पनि ब्यक्तिगत भोट बटुल्नचुनावी प्रचारमा कम्मरकसेर लागेकी छिन् ।
बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी स्वयंसेवक समुह गठन गरेर, नेपाली, बङ्गाली, भारतीय एबम अन्य प्रवासीमतदाताहरुसँगभेट्घाट एबम परामर्शमा ब्यस्त रहेकी ताम्राकारले आफूले जितेको खण्डमा फिनिश श्रमबजारमा समानअवसर सिर्जना, आप्रवासीहरुका लागि तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम, नगरपालिकाको आवास सुविधामाआप्रवासीहरुको समान पहुँचलगायत एजेण्डाहरुमा काम गर्ने बताएकी छिन्।ब्योमा ताम्राकारको चुनाबी नम्बर २२८ रहेको छ ।
सन्तोषसागर सिलवाल
सन्तोषसागर सिलवाल अर्थात लीला सिलवाल बिगत १५ बर्षदेखि फिन्ल्याण्डमा बस्दै आएका अर्का एक नेपाली युवा हुन् । उनलेपनि आउँदो स्थानीय चुनावमा आफ्नो उम्मेदवारी दिएका छन् । गैरआबासीय नेपाली संघ फिनल्याण्ड गठन गर्नमामहत्वपूर्णभूमिका निभाएका सिलवालले राष्ट्रिय एकीकृत पार्टी (कोकोमुस ) बाट एस्पो नगर परिषदमा आफ्नो उम्मेदवारीदिएका हुन्।