काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा मिलानले भिनिजियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज र थियो हर्नान्डेजले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८ औं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८२ औं मिनेटमा सब्सिच्युट खेलाडी हर्नान्डेजले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
यस जितसँगै मिलान लिगको दोस्रो स्थानमा उक्लिएको छ । र, शीर्ष स्थानको इन्टरसँग अंक बराबरी गएको छ ।
मिलानले ५ खेलमा १३ अंक जोडेको छ ।
भिनिजिया ३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज ७ बिहिबार
Comments