काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा एस्टनले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलको ६६ औं मिनेटमा म्याटी क्यासले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।
खेलको ६९ औं मिनेटमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गर्दा एस्टनले २-० को अग्रता बनायो । त्यसपछि खेलको ७५ औं मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टनलाई ३-० को जित दिलाए ।
यस जितसँगै एस्टनले ५ खेलमा ७ अंक जोडेको छ । एस्टन लिगको दशौँ स्थानमा रहेको छ ।
एभर्टन १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज ३ आइतबार
Comments