काठमाडौं । विश्वकपको युरोपेली छनोटमा जर्मनीले आइसल्याण्डलाई हराएको छ ।
बुधबार राति जर्मनीले आइसल्याण्डलाई ४-० ले हरायो ।
जर्मनीको जितमा इङ्लिस क्लब चेल्सीका खेलाडीद्धय एन्टोनी रुडिगर र टिमो वार्नरले एक एक गोल गरे । बायर्न म्युनिखका जोडी सर्ज गेनाब्री र लिरो सानेले समेत एक एक गोल थपे ।
जर्मनी समूहको शीर्ष स्थानमा छ । तर दोस्रो स्थानको अर्मेनियासंग चार अंकको अग्रता लिएको छ । अर्मेनियाले भने लिचेस्टाइनसंग बराबरी खेल्दै अंक बाँड्यो ।
विश्व नम्बर एक बेल्जियमले अपराजित यात्रालाई कायम राख्ने क्रममा बेलारुसलाई १-० ले हरायो ।
लेस्टर सिटीका मिडफिल्डर डेनिस प्रितले टिमका लागि विजयी गोल गरेका थिए । उनी यस सिजन लामो समयको लोनामा सिरि ए क्लब नापोली आएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २४ बिहिबार
Comments