माछा मार्न गएका व्यक्ति डुबेर बेपत्ता
फागुन २२ काठमाडौं । चितवनको भरतपुर–११ स्थित नव–जागृति सामुदायिक वनको कालिमाटी तालमा माछा मार्न गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । माछा मार्न जाल लिएर तालको वीचमा पुगेका स्थानिय ३५ बर्षका कालु राई त्यहीं डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
शनिबार दिउँसोदेखि डुबेर बेपत्ता भएका उनको दिनभर खोज्दा पनि अबस्था पत्ता लाग्न सकेको छैन । आज पनि विहानैदेखि खोजीका लागि प्रहरी टोली पठाईएको जनाईएको छ । तालमा दबदबे हिलो भएकाले हिलोमा फसेर डुबेको अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९