माछा मार्न गएका व्यक्ति डुबेर बेपत्ता

भक्तपुर न्यूज

२२ फागुन २०७३ ९:५९

माछा मार्न गएका व्यक्ति डुबेर बेपत्ता

फागुन २२ काठमाडौं । चितवनको भरतपुर–११ स्थित नव–जागृति सामुदायिक वनको कालिमाटी तालमा माछा मार्न गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन् ।  माछा मार्न जाल लिएर तालको वीचमा पुगेका स्थानिय ३५ बर्षका कालु राई त्यहीं डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शनिबार दिउँसोदेखि डुबेर बेपत्ता भएका उनको दिनभर खोज्दा पनि अबस्था पत्ता लाग्न सकेको छैन । आज पनि विहानैदेखि खोजीका लागि प्रहरी टोली पठाईएको जनाईएको छ । तालमा दबदबे हिलो भएकाले हिलोमा फसेर डुबेको अनुमान प्रहरीले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *