काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।
ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।
दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ । नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ ।
ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २२ मंगलबार
Comments