काठमाडौं । घरेलु टोली रसियाले युरापेली च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । सेन्ट पिटर्सवर्ग स्टेडियममा बुधबार भएको समूह चरणको दोस्रो खेलमा रुसले फिनल्याण्डलाई १–० ले पराजित गर्दै पहिलो जित निकालेको हो ।
रुसका लागि एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले आर्टम ज्यूबाको पासमा निर्णायक गोल गरे ।
रसिया पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।
जितसँगै समूह बी को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ । ३ अंक नै जोडेको फिनल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०३ बिहिबार
Comments