आलाभेसले सेल्टाभिगोलाई हराउँदै कोपा डेल रे कपको फाइनलमा

भक्तपुर न्यूज

२७ माघ २०७३ ५:२०

आलाभेसले सेल्टाभिगोलाई हराउँदै कोपा डेल रे कपको फाइनलमा

एजेन्सी, २७ माघ । आलाभेसले सेल्टाभिगोलाई हराउँदै पहिलो पटक स्पेनिस कोपा डेल रे कप फुटबलको फाइनलमा पुगेको छ ।
क्लबको ९६ वर्षे इतिहासमा पहिलो पटक कोपा डेल रेको फाइनलमा पुग्ने क्रममा आलाभेसले सेल्टाभिगोलाई १–० ले हराएका थियो । पहिलो लेग गोलरहित बराबरी खेलेको आलाभेसले गएराति भएको दोस्रो लेगमा १–० को जित निकाल्यो ।
घरेलु मैदानमा भएको खेलमा एडगर मेन्डेजले खेल सकिन ८ मिनेट बाँकी छँदा गरेको गोलले आलाभेस फाइनलमा पुगेको हो ।
अब आलाभेसले उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *