विश्व नेपाली पत्रकार संजाल गठन

भक्तपुर न्यूज

२४ माघ २०७३ ५:०६

विश्व नेपाली पत्रकार संजाल गठन

युएई । नेपाल बाहिर रहेर नेपाली पत्रकारिता गरिरहेका पत्रकारहरुको विश्व सन्जाल गठन गरिएको छ । विभिन्न देशमा रहेर नेपाली पत्रकारितासँग जोडिएका पत्रकारको बिचमा सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ विश्व नेपाली पत्रकार सञ्जाल (ग्लोबल नेप्लिज जर्नालिस्ट नेटवर्क) गठन भएको हो ।
बुटवलमा रहेर पत्रकारिता गरेका र अहिले अमेरिकामा अध्ययनरत पत्रकार सुरज भण्डारीको संयोजकत्वमा गठित सञ्जालमा संयुक्त अरब इमिरेट्सबाट उमाकान्त पाण्डे, विकास थापा,  मोहन बस्याल, दिनेश आचार्य, सुवास शर्मा रहेका छन् ।
त्यस्तै क्यानडाबाट गोकर्ण लामिछाने, प्रकाश क्षेत्री, पोर्चुगलबाट हिम विष्ट र  भरत प्रधान, ओमानबाट  पशुपति जिसी, बहराइनबाट युवराज केसी, जापानबाट अनिल शाही,  ईश्वर ढकाल, कोरियाबाट मधु पोखरेल, प्रकाश पाण्डे, सुवास सिम्खडा न्युजिल्याण्डबाट मिलन जिसी, कतारबाट  सुरेन्द्र परियार, प्रदिप नेपाली, रामप्रसाद पराजुली, महेश्वर नेपाल, साउदी अरबबाट नैनकला राई, कुवेतबाट  हरीकृष्ण न्यौपाने, थाइल्याण्डबाट सुरेश ढकाल, अष्ट्रलियाबाट सन्तोष भट्टराई तथा हङकङबाट अनोज रोका रहेका छन् ।
अन्य देशमा रहेका पत्रकारहरुलाई समेत समेट्नका लागि गोकर्ण लामिछाने, उमाकान्त पाण्डे र भरत प्रधानलाई जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *