पाँचथरको रानीटारमा आगलागी, लाखौ बराबरको क्षति
पाँचथर, २० माघ । पाँचथरको रानीटारस्थित एक घरमा आगलागी हुँदा ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर गोरे मुखियाको घरमा आगलागी भएको स्थानीय शिक्षक डिबी गुरुङले जनाकारी दिए । पसल भएको घरमा आगलागी भएका कारण धेरै क्षति भएको शिक्षक गुरुङले बताए ।
हिजो राति ८ बजेतिर भएको आगलागी नियन्त्रणका लागि फिदिम नगरपालिकाको दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली रानीटार पुगेको थियो । आगलागीका कारण घर जलेर नष्ट भएपछि मुखियाको नौ जनाको परिवार छिमेकीको शरणमा पुगेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
