पाँचथरको रानीटारमा आगलागी, लाखौ बराबरको क्षति

भक्तपुर न्यूज

२० माघ २०७३ ९:३६

पाँचथरको रानीटारमा आगलागी, लाखौ बराबरको क्षति

पाँचथर, २० माघ । पाँचथरको रानीटारस्थित एक घरमा आगलागी हुँदा ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर गोरे मुखियाको घरमा आगलागी भएको स्थानीय शिक्षक डिबी गुरुङले जनाकारी दिए । पसल भएको घरमा आगलागी भएका कारण धेरै क्षति भएको शिक्षक गुरुङले बताए ।
हिजो राति ८ बजेतिर भएको आगलागी नियन्त्रणका लागि फिदिम नगरपालिकाको दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली रानीटार पुगेको थियो । आगलागीका कारण घर जलेर नष्ट भएपछि मुखियाको नौ जनाको परिवार छिमेकीको शरणमा पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *