एकैदिन सुनको भाउ १२ हजार ५ सयले घट्यो

भक्तपुर न्यूज

८ चैत २०८२ ११:०२

एकैदिन सुनको भाउ १२ हजार ५ सयले घट्यो
नेपालमा आइतबार सुनको भाउ एकैदिन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै एक साताको अवधिमा सुनको भाउ कुल २७ हजार ४ सय रुपैयाँले घटेको छ।
गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा विभिन्न देशहरूले अमेरिकी डलरको माग बढाएका छन्। सुन बिक्रीबाट डलर आपूर्ति बढेसँगै अन्तर्राष्ट्रिय प्रभावका कारण सुनको भाउमा गिरावट आएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय