नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ४,८०० रुपैयाँले सस्तो

भक्तपुर न्यूज

१ चैत २०८२ ११:२०

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ४,८०० रुपैयाँले सस्तो

नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार भने छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा पनि सुनको मूल्यमा उतारचढाव देखिएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन करिब ५ हजार २३ अमेरिकी डलर र सोही परिमाणको चाँदी करिब ८१ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय