काठमाडौँ उपत्यकामा वायु प्रदूषण ‘सबैका लागि अस्वस्थ’ तहमा
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै ‘सबैका लागि अस्वस्थ’ स्तरमा पुगेको छ। सोमबार १७८ रहेको वायु गुणस्तर सूचकांक (एक्युआई) मंगलबार मध्याह्नसम्म १९१ पुगेको छ।
एयर क्वालिटी इन्डेक्सअनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ। भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा छन्।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए प्रदूषण अझै बढ्न सक्ने चेतावनी दिएका छन्। उनका अनुसार सुक्खा मौसम, धुलो, सवारीसाधनको धुवाँ, निर्माण कार्य र वन डढेलो मुख्य कारण हुन्।
वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले एक्युआई ३०० नाघे विपद् घोषणा गर्ने व्यवस्था गरेको छ। विज्ञहरूले समयमै नियन्त्रणका उपाय अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
