रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु

भक्तपुर न्यूज

५ माघ २०८२ १५:३५

रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाले जनकपुरधामस्थित तरहुतियागाछीमा ‘परिवर्तन उद्घोष सभा’ सुरु गरेको छ। हजारौं कार्यकर्ता र सर्वसाधारण सहभागी रहेको कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र काठमाडौंका निवर्तमान मेयर बालेन शाहले विशेष सम्बोधन गर्ने तालिका छ। बालेनले झापा–५ बाट उम्मेदवारी दर्ता गर्दै मधेसबाट आफ्नो औपचारिक चुनावी यात्रा सुरु गरेका हुन्। कार्यक्रम स्थलमा ‘घन्टी’ चुनाव चिह्न सहितका झन्डा फहराइएको छ र समर्थकहरूले नाराबाजी गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय