पाकिस्तानमा तीन महिनामा आतंकवादी आक्रमण ४६५ ले बढ्यो

भक्तपुर न्यूज

२१ असोज २०८२ ८:५८

पाकिस्तानमा तीन महिनामा आतंकवादी आक्रमण ४६५ ले बढ्यो

पाकिस्तानमा विगत तीन महिनामा आतंकवादी आक्रमण र मृत्यु दरमा ४६ प्रतिशत वृद्धि भएको एक अध्ययनले देखाएको छ। इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज ९सिआरएसएस० ले सोमबार यो तथ्य सार्वजनिक गरेको हो।

सिआरएसएसका अनुसार, यो वर्ष हिंसाको अवस्था सन् २०२४ भन्दा बढी घातक बनेको छ र एक दशकमा सबैभन्दा हिंसात्मक वर्ष बन्ने बाटोमा छ। पाकिस्तानको पश्चिमी सीमामा सेना आतंकवादी समूहसँग लडिरहेको छ भने उत्तरपश्चिममा पाकिस्तानी तालिबान र दक्षिणपश्चिममा बलुच पृथकतावादी समूहहरूले अधिकांश आक्रमणमा भाग लिइरहेका छन्।

सिआरएसएसले भनेको छ, “यो वृद्धिले उग्रवादी हिंसाको तीव्रता र आतङ्कवादविरूद्धको कारबाहीको विस्तारित मात्रालाई प्रतिबिम्बित गर्दछ।”

सन् २०२१ मा छिमेकी अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएयता आक्रमणहरू बढेका छन्। पाकिस्तान सरकारले अफगान तालिबानलाई आतंककारी आश्रय दिएको आरोप लगाएको छ। संयुक्त राष्ट्रसङ्घले पनि अफगानिस्तानमा लडाकू समूहलाई आश्रय दिने वातावरण बढेको भन्दै आतंकवाद परास्त गर्न सहयोग गर्न आग्रह गरेको छ।

स्थानीय अधिकारीहरूले आतंकवादविरुद्धको अभियानले नागरिक हानीको जोखिम बढाउने चेतावनी दिएका छन्। प्रवुद्ध समूहका अनुसार सन् २०२५ का पहिलो नौ महिनामा दुई हजार ४१४ जनाको मृत्यु भएको थियो, जुन सन् २०२४ मा रिपोर्ट गरिएको २,५४६ को नजिक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय