रायो भालेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

भक्तपुर न्यूज

१६ भदौ २०८२ ८:३८

रायो भालेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस लालिगाको साविक च्याम्पियन बार्सिलोना सिजनमा पहिलो पटक अंक गुमाएको छ।

तेस्रो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो। खेललाई भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणाली बिग्रिंदा थप अवरोध पुगेको थियो।

बार्सिलोनाले १८ वर्षिय युवा स्टार लामिन यामालको गोलमार्फत ४०औं मिनेटमा अग्रता लियो। यामललाइ डिफेन्डर पेप चाभारियाले फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएका थिए। जसलाइ यामललेनै सदुपयोग गरे। उक्त समयमा भिएआर विग्रिदा निर्णय पुनरावलोकन गर्न सकिएको थिएन्।

६७औं मिनेटमा परिवर्तन खेलाडी फ्रान पेरेजले सुन्दर भलिमार्फत रायोलाई बराबरीमा ल्याए। त्यसपछि जोर्ज दे फ्रुतोसले गोल गर्ने सुनौलो अवसर पाए, तर गोलकिपर जोआन गार्सियाले बचाए।

अन्त्यतिर रायोको अर्को गोल अफसाइडका कारण रद्द भयो र किपरले सर्जियो कामेलोलाई पनि रोक्दै बार्सिलोनालाई हारबाट जोगाए।

दुई खेल जितेको बार्सिलोना अहिले तीन खेलमा सात अंकसहित तालिकाको चौथो स्थानमा छ। रियल मड्रिड र एथ्लेटिक बिलबाओ तीनै खेल जित्दै समान ९ अङ्क सहित पहिलो र दोस्रो स्थानमा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय