अफगानिस्तानमा भूकम्प: कम्तिमा २० को मृत्यु, ११५ भन्दा बढी घाइते
अफगानिस्तानमा आइतबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा मानविय तथा ठूलो भौतीक क्षति भएको छ।
बीबीसीका अनुसार यस घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्। घाइतेलाई नांगरहार र कुनार प्रान्तका अस्पतालमा उपचार भइरहेको छ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनमुनि करिब १६० किलोमिटर गहिराइमा थियो। यसका धक्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो। नेपाली समय अनुसार राति १:०२ बजे यो भूकम्प रेकर्ड भएको हो।
पहिलो झट्कापछि निरन्तर पराकम्प (आफ्टरशक) हरु आएको बताइएको छ। तीमध्ये ४.७, ४.३ र ५.० म्याग्निच्युडका झट्का अनुभव गरिएका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
