नेपाल भारतसँग ७–० ले पराजित

भक्तपुर न्यूज

१४ भदौ २०८२ ७:२५

नेपाल भारतसँग ७–० ले पराजित

भारतले भुटानमा जारी यू–१७ महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ। शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले नेपाललाई ५–० ले हराउँदै एक खेल अगावै च्याम्पियन बनेको हो।

यसअघि पहिलो लेगमा पनि नेपाल भारतसँग ७–० ले पराजित भएको थियो। अपराजित रहेको भारतले ५ खेलबाट १५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको बंगलादेशसँग १० अंक भए पनि भुटानसँगको १–१ बराबरीपछि उपाधि सम्भावना समाप्त भएको छ।

भारतले यसअघि सन् २०१८ र २०१९ मा लगातार उपाधि जितेको थियो। नेपालले अन्तिम खेलमा भुटानसँग खेल्नेछ। नेपालले हालसम्म ५ खेलबाट ३ अंक जोडेको छ भने भुटानले १ अंक मात्र हासिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय