भिल्लारियल र बार्सिलोनाबीचको खेल मियामीमा हुने

भक्तपुर न्यूज

२७ साउन २०८२ ९:१२

भिल्लारियल र बार्सिलोनाबीचको खेल मियामीमा हुने

काठमाडौं। स्पेनिस लिग लालिगाका नियमित सिजनको खेल अब अमेरिकामा खेलाउने योजनामा एक कदमनजिक पुगेको छ।

स्पेनिस फुटबल महासंघले सोमबार डिसेम्बर २० मा हुने भिल्लारियल र बार्सिलोनाबीचको खेल मियामीमा खेलाउने प्रस्ताव स्वीकृत गरेको छ। अब यसका लागि फुटबलका शासकीय निकायहरू युइएफए र फिफाबाट स्वीकृति लिइनेछ।

ला लिगाको १७औं चरणअन्तर्गतको यो खेल हार्ड रक स्टेडियममा हुने प्रस्ताव गरिएको हो। लिगले पहिलो पटक सन् २०१८ मा अमेरिकामा खेल खेलाउने प्रयास गरेको थियो।

तर, खेलाडी, समर्थक र केही क्लबहरूको आलोचनापछि योजना खारेज भएको थियो। त्यसपछि गरिएको प्रयासहरू पनि असफल भएका थिए। विदेशमा खेल आयोजना गर्नु लिगको फुटबल र आफ्नो ब्रान्डलाई अन्य देशहरूमा प्रवर्द्धन गर्ने लक्ष्यको हिस्सा हो।

लिगका खेल मनोरञ्जन समूह रेलेभेन्ट स्पोर्ट्ससँग दीर्घकालीन साझेदारीमा छ। जुन स्टीफन रोसको स्वामित्वमा रहेको समूह हो। यस समूहमा हार्ड रक स्टेडियम, मियामी डल्फिन्स, फार्मुला वानको मियामी ग्रान प्रि र मियामी ओपन टेनिस प्रतियोगिता पनि समावेश छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय