बिग बोस १९ को औपचारिक घोषणा, नयाँ लोगो र एआई थिमले दर्शक उत्साहित
काठमाडौं । बलिउडको चर्चित विवादास्पद रियालिटी शो बिग बोस को १९औँ सिजनको औपचारिक घोषणा भएको छ। हालै जिओहटस्टारमार्फत सार्वजनिक गरिएको टीजरमार्फत कार्यक्रमका होस्ट सलमान खानले यो सिजनको सुरुवातको संकेत दिएका छन्।
टीजरको क्याप्सनमा भनिएको छ — “काउन्टडाउन सुरु भइसकेको छ, अब चाँडै नै हङ्गामा हुनेछ, प्रतिक्षामा रहनुहोला।”
यसपटकको सिजनलाई विशेष बनाउने थुप्रै कुरामध्ये एउटा हो — शोको नयाँ लोगो। वर्षौंपछि पहिलोपटक पूर्ण रूपान्तरण गरिएको लोगोमा सेतो, नीलो, पहेँलो, गुलाबी, बैंगनीलगायतका थुप्रै रंग समावेश गरिएको छ। यो परिवर्तन सिजनको एआई ९कृत्रिम बुद्धिमत्ता० थिम सङ्ग जोडिएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि यसको औपचारिक पुष्टि भने भइनसकेको परनिर्माताहरूले जनाएका छन्।
सिजन १९ बारे पछिल्ला दिनहरूमा शोको अवधि लम्ब्याइने, नियममा परिवर्तन गरिने र प्रतियोगी छनोटमा नयाँ ढाँचा अपनाइने जस्ता अड्कलबाजी सामाजिक सञ्जालमा निकै चर्चित भएका थिए।
अघिल्लो सिजन बिग बोस १८ मा करण वीर मेहरा विजेता बनेका थिए भने विवियन डिसेना पहिलो रनरअप भएका थिए।
अबको मुख्य प्रश्न भनेको — नयाँ लोगो र एआई थिमले शोमा के नयाँ ट्विस्ट ल्याउनेछरु भन्ने हो। यसको उत्तर भने शो प्रसारणपछि मात्रै खुल्नेछ।
यतिबेला टीजर र नयाँ लोगो सार्वजनिक भएसँगै दर्शकहरू निकै उत्साहित देखिएका छन्। बिग बोसका फ्यानहरूका लागि यो सिजन विशेष हुने सम्भावना बलियो देखिन्छ।
