प्रधानमन्त्री ओली आज महोत्तरी र बाराका विभिन्न विकास आयोजनाको उद्घाटनमा

भक्तपुर न्यूज

९ साउन २०८२ ७:४६

प्रधानमन्त्री ओली आज महोत्तरी र बाराका विभिन्न विकास आयोजनाको उद्घाटनमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महोत्तरी र बारा जिल्लामा आयोजना गरिने विभिन्न विकास योजनाको उद्घाटन तथा सभालाई सम्बोधन गर्न जाँदै छन्।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्नेछन्। त्यसपछि वडा नं। ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्रीका निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड अन्तर्गत रौजास्थित रातुखोला पुलको पनि उद्घाटन गरिनेछ।

त्यसपछि प्रधानमन्त्री ओली बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवन उद्घाटन तथा सभालाई सम्बोधन गर्न पुग्नेछन्।

सरकारी विकास परियोजनाहरूको अवलोकन र उद्घाटनमार्फत स्थानीय तहमा पहुँच विस्तार गर्न प्रधानमन्त्रीको यो भ्रमण महत्वपूर्ण मानिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय