भक्तपुरमा दुई दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

भक्तपुर न्यूज

८ साउन २०८२ ९:००

भक्तपुरमा दुई दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला
भक्तपुर । भक्तपुरमा दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका छन्। उनीहरू एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
मध्यपुर थिमी नगरपालिका–८, बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी श्रृजना कँडेल बिहिबार बिहान मृत फेला परेका हुन्।
दुवै जना चक्रधर प्रजापतिको दुई तले घरको भुइँ तलामा भाडामा बस्दै आएका थिए। उनीहरू बिहान करिब पौने ७ बजे कोठाको प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए।
घटनाको प्रकृति र कारणबारे हालसम्म केही खुलेको छैन। जिल्ला प्रहरी कार्यालय भक्तपुरले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय