भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भक्तपुर न्यूज

७ साउन २०८२ १०:५५

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता
र्खेत । भेरी करिडोर निर्माणमा खटिएको टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीबाट रिम्नातर्फ गइरहेको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर मङ्गलबार राति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौर नजिकै भेरी नदीमा खसेको हो।
इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए, जसको अवस्था अहिलेसम्म अज्ञात छ। बेपत्ता व्यक्तिहरूको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटबाट प्रहरी टोली परिचालन गरिएको छ। तर भेरी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय