इटालीमाथि नाटकीय जितसहित इंगल्यान्ड युरो कप महिला फुटबल फाइनलमा

भक्तपुर न्यूज

७ साउन २०८२ १०:४५

इटालीमाथि नाटकीय जितसहित इंगल्यान्ड युरो कप महिला फुटबल फाइनलमा

काठमाडौं । इटालीविरुद्ध नाटकीय कमब्याक गर्दै इंगल्यान्डले युरो कप महिला फुटबलको फाइनल यात्रा सुनिश्चित गर्‍यो। जुरिचमा भएको सेमिफाइनलमा इङ्गल्याण्डले इटालीलाई २–१ ले हरायो।

खेलको अन्तिम इन्जुरी समयमा १–० ले पछि परेको इटालीले आफ्नो अग्रता बचाउन सकेन। इंगल्यान्डकी स्ट्राइकर माइकल अगायमानले इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याइन्।

बराबरीपछि थपिएको एक मिनेट बाँकी छँदै चोले केलीले निर्णायक विजयी गोल गरिन्। पहिलो हाफमा बारबरा बोनान्सीले गरेको गोलमा इटालीले अग्रता बनाएको थियो।

यस जितसँगै इंगल्यान्ड युरो कपको फाइनलमा प्रवेश गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय