बामदेव गौतम नेतृत्वको ‘एकता राष्ट्रिय अभियान’ आज समाजवादीमा समाहित हुँदै
काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान आज (शुक्रबार) नेकपा (एकीकृत समाजवादी)मा समाहित हुँदैछ। राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमार्फत अभियानको औपचारिक एकीकरण घोषणा गरिनेछ।
कार्यक्रममा नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन्।
यसअघि नै दुई पक्षबीच समाहित हुने सहमति भई हस्ताक्षरसमेत भइसकेको थियो। सोही सहमतिअनुसार आज औपचारिक सार्वजनिक कार्यक्रमको आयोजना गरिएको हो।
यो समावेशी कदमसँगै बामदेव गौतमको नेतृत्वमा रहेको समूह एकीकृत समाजवादीमा पूर्ण रूपमा विलीन हुनेछ, जसले पार्टीभित्रको संगठनात्मक मजबुती र वाम एकताको नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
