१६ सय करोडको बजेटमा बन्यो बलिउडको रामायण, रणवीर–साई पल्लवी र यश मुख्य भूमिकामा

भक्तपुर न्यूज

२५ असार २०८२ ७:११

१६ सय करोडको बजेटमा बन्यो बलिउडको रामायण, रणवीर–साई पल्लवी र यश मुख्य भूमिकामा

काठमाडौं । भारतीय सिनेमाको इतिहासमै एक विशाल प्रोजेक्टको रूपमा ‘रामायण’ फिल्म निर्माण भइरहेको छ। दुई भागमा बन्ने यो फिल्मको कुल लागत करिब १६०० करोड भारु पुगेको छ।

पहिलो भाग ‘रामायण १’ को छायाङ्कन सकिएको र यसको लागत मात्रै ९०० करोड रहेको निर्माण पक्षले जनाएको छ।
अब छायाङ्कन हुन बाँकी दोस्रो भाग ‘रामायण २’ को लागत ७०० करोड पुग्ने अनुमान गरिएको छ।

निर्माण टिमका अनुसार पहिलो भागमा बनाइएका सेटहरू दोहोर्याएर प्रयोग गरिने भएकाले दोस्रो भागमा केही खर्च कटौती सम्भव हुने देखिएको छ।

स्टार कास्ट र पारिश्रमिक

भगवान रामको भूमिकामा देखिने रणवीर कपूरले प्रति भाग ₹७५ करोड, दुई भाग मिलाएर ₹१५० करोड पारिश्रमिक बुझेका छन्।

सीता बनेकी साई पल्लवीले प्रति भाग ₹६ करोड, कुल ₹१२ करोड पारिश्रमिक पाउने भएकी छन्।

रावणको भूमिकामा रहेका यश फिल्मका सह–निर्मातासमेत हुन्। उनी पारिश्रमिक नलिएर मुनाफामा हिस्सेदार बन्ने सम्झौतामा छन्।

किन खास छ ‘रामायण’

हिन्दू धर्मग्रन्थमा आधारित यो फिल्म भिजुअल प्रभाव, ग्राफिक्स र प्राचीन कथा प्रस्तुतिको हिसाबले बलिउडमै ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ।

फिल्म निर्माणमा भारतका शीर्ष कलाकार, प्राविधिक र स्टुडियोको संलग्नता रहेको छ।

अबको प्रतिक्षा — रामायण २

रामायण २ को छायाङ्कन नजिकिँदै गर्दा दर्शकहरू यसको भव्यता र कथावस्तु कत्तिको प्रभावशाली हुन्छ भनेर उत्साहित छन्।

बलिउडमा पहिले कहिल्यै नदेखिएको स्तरको पौराणिक चलचित्र हेर्नका लागि दर्शक बेस्सरी प्रतिक्षामा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *