राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी

भक्तपुर न्यूज

१५ असार २०८२ १२:१९

राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी

काठमाडौं । धान दिवस असार १५ को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल  सहभागी भएका थिए  ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको  आधार मात्र नभएर व्यवसायिक  बनाउनुपर्ने बताए  । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रूपमा रोपाइँमा सहभागी भएको जनाए।

उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रूपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए  । रोपाइँपछि दही चिउरा कार्यक्रम पनि आयोजना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *