अवरुद्ध विपी राजमार्ग एकतर्फी सञ्चालन

भक्तपुर न्यूज

५ असार २०८२ ८:५७

अवरुद्ध विपी राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं ।  पहिरो गएर अवरुद्ध भएको विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । काभ्रेको पात्लेखेतमा खसेको लेदोसहितको पहिरो पन्छाएसँगै विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

हिजोबुधबार दिउँसो परेको अविरल वर्षाका कारण साँझ ५ बजेदेखि लेदोसहितको पहिरोले अवरूद्ध विपी राजमार्ग सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिए ।  घटनास्थलमा डोजर र प्रहरी टोली परिचालित गरिएको र सडक दुई तर्फी खुलाउने प्रयास भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *