नेपालका ८१.२ प्रतिशत जनता हिन्दू राष्ट्र चाहेको भारतीय नेता जोलीको दाबी

भक्तपुर न्यूज

८ जेठ २०८२ १५:५७

नेपालका ८१.२ प्रतिशत जनता हिन्दू राष्ट्र चाहेको भारतीय नेता जोलीको दाबी

काठमाडौं ।  भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालमा ८१.२ प्रतिशत जनता हिन्दू राष्ट्र चाहेको दाबी गरेका छन्। नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली जनतामा हिन्दू राष्ट्रका लागि गहिरो भावना रहेको बताएका हुन्। चारदिने भ्रमकण क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित शीर्ष नेतालाई भेटेको बताउँदै उनले भने,’ नेपालका ८१.२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहन्छन्। म त्यसमा साथ दिन तयार छु।’

उनले जनताको भावनाअनुसार नेताहरूले पनि पुन:विचार गर्ने विश्वास आफूले लिएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चारवर्षअघिको अभिव्यक्तिलाई पनि सम्झिए। त्यसबेला ओलीले ठोरीमा भगवान रामको जन्म भएको बताएका थिए। भारतीयहरूले उक्त अभिव्यक्तिमाथि आलोचना गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *