युएईले नेपाललाई दियो ११५ रनको लक्ष्य
काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत सुपर–३ मा नेपाल र युएई खेलिरहेका छन्। जसमा युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् ।
यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन्। विश्वकपको ग्लोबल छनोटमा पुग्नको लागि आजको खेल नेपालका लागि एकदमै महत्वपूर्ण छ। यदि नेपालले आजको खेलमा युएईलाई जितेको अवस्थामा ग्लोबल छनोटमा पुग्ने छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००