सतुङ्गलको आर.आर. कम्प्लेक्समा आगलागी
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-११, सतुङ्गलस्थित आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको छ । बिहान ५:२० बजेतिर सुरु भएको आगो करिब सात बजे नियन्त्रणमा ल्याइएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता, एसपी अपिलराज बोहराका अनुसार आगो नियन्त्रणमा ल्याउन ६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीसहितको टोली आगलागीस्थलमा परिचालित थियो । त्यस्तै, प्रहरी वृत्त थानकोटबाट डीएसपीको कमाण्डमा १५ जना, प्रहरी प्रभाग बलम्बुबाट निरीक्षकको नेतृत्वमा १२ जना र मातातिर्थ प्रहरी चौकीबाट ४ जना प्रहरी परिचालन गरिएको थियो ।