भक्तपुरको बालकोट र थिमीबाट लागूऔषधका कारोबारी पक्राउ

भक्तपुर न्यूज

२ जेठ २०८२ ११:३८

भक्तपुरको बालकोट र थिमीबाट लागूऔषधका कारोबारी पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटबाट एक र मध्यपुरथिमी नगरपालिका बोडेबाट पाँचजना गरी प्रहरीले लागूऔषध विक्री वितरण गरेको सूचनाको आधारमा ६ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले प्रिसियस स्कुल नजिकैबाट नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. २ ओखरपौवा घर भएका वर्ष ३७ का हरिनाथ कोइरालालाई पक्राउ गरेको हो । कोईरालालाई डेराकोठामा आगूऔषध ब्राउन सुगर जस्तो देखिने १.३२ ग्रामसहित पक्राउ गरेको जनाएको छ । यस्तै मध्यपुरठिमी नगरपालिका वडा नं. ९ बोडेबाट पाँचजनालाई बुधबार पक्राउ गरेहो हो ।

खोटाङ ऐसेलुखर्क गाउँपालिका घर भई हाल भक्तपुर बोडे बस्ने स्वदेश राई, काभ्रे रोशी गाउँपालिका घर भई हाल बोडे निलबाराहि बस्ने छिरीङ लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका, बोडे बस्ने अमिर बस्नेत, धुन्चेपाखा बस्ने नेस्नल भन्ने सम्राट राई, सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा बस्ने विकास लामा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट मोबाइल ३ थान र नगद पाँच हजार रुपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ । लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले स्वदेश राईको डेराकोठा खानतलासी गर्दा उक्त कोठाभित्रबाट लागूऔषध लगायतका दसी बरामद भई पक्राउ गरी लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *