पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगमा आर्सनललाई २–१ ले हराउँदै पिएसजी समग्रमा ३–१ को जितका साथ फाइनल प्रवेश गरेको हो ।
पार्क दे प्रिन्समा फाबियन रुइसले खेलको २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि हाकिमीले ७२औं मिनेटमा दोस्रो गोल गर्दै फाइनल यात्रा सुनिश्चित गरे । बुकायो साकाले एक गोल फर्काए पनि आर्सनलका लागि त्यो पर्याप्त बनेन । पहिलो लेगमा उस्मान डेम्बेलेले निर्णायक गोल गरेका थिए ।
पिएसजीको जितसँगै पेरिसमा समर्थकहरूले उत्सव मनाए । अब मे ३१ मा म्युनिखमा हुने फाइनलमा पिएसजीले इन्टर मिलानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यो पिएसजीको दोस्रो च्याम्पियन्स लिग फाइनल हो । उसले पहिलोपटक सन् २०२० मा फाइनलमा स्थान बनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५