वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा

भक्तपुर न्यूज

२४ वैशाख २०८२ ११:३९

वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा

काठमाडौं ।  इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति रोमाञ्चक अनि वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई डीएलएस मेथडका आधारमा तीन विकेटले पराजित गरेको छ। यो सिजनको गुजरातका लागि आठौं जित हो र यसैसँगै १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। यस जितले गुजरातले रोयल च्यालेन्जर्स बैंगलोरलाई पछाडि पारेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनायो। उनीहरूको लागि विल ज्याक्सले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा ५ चौका र ३ छक्कासहित ५३ रन बनाए। सूर्यकुमार यादवले पनि आक्रामक शैलीमा २४ बलमा ५ चौकासहित ३५ रन जोडे।

दुबैबीच ७१ रनको साझेदारी भएपनि मुम्बईले एक समयमा ९७/२ बाट १२३/७ को स्थिति व्यहोर्नुपर्‍यो। कोर्बिन बोशले अन्तिमतिर २२ बलमा २७ रनको योगदान दिँदै टोलीलाई १५० रन पार गराए। गुजरातका बलरहरूले सन्तुलित प्रदर्शन गरे।

१४७ रनको डीएलएस लक्ष्य पछ्याउँदै गुजरातले सुरुवातमै साई सुदर्शनलाई गुमायो। त्यसपछि शुभमन गिल र जोस बटलरले ६३ बलमा ७२ रनको साझेदारी गर्दै पारीलाई स्थिरता दिए। गिलले ४३ रन बनाए भने बटलरले ३० रन बनाए।

गुजरातले १८ औं ओभरसम्म ६ विकेट गुमाउँदै १३२ रन बनाइसकेको थियो। त्यसपछि वर्षा सुरु भई खेल केही समय रोकियो। खेल पुनः सुरु भएपछि डीएलएस अनुसार गुजरातलाई १९ ओभरमा १४७ रनको संशोधित लक्ष्य दिइयो।

अन्तिम ओभरको रोमाञ्च

१९ औं ओभर दीपक चाहरले बलिङ गरे। राहुल तेवतिया र जेराल्ड कोएत्जी स्ट्राइकमा थिए।

• पहिलो बल: तेवतियाको चौका

• दोस्रो बल: एक रन

• तेस्रो बल: कोएत्जीको छक्का

• चौथो बल: नो बल, एक रन

• चौथो बल फेरि: एक रन, स्कोर बराबर

• पाँचौं बल: कोएत्जी आउट

• अन्तिम बल: अरशद खानले रन लिएर जित सुनिश्चित गरे

तेवतिया ११ रनमा अविजित रहे भने कोएत्जीले १२ रन बनाए।

ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह, र अश्विनी कुमारले समान दुई–दुई विकेट लिए भने दीपक चाहरले एक विकेट झारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *