मे ९ मा हङकङसँग भिड्दै नेपाल
काठमाडौं । आईसीसी महिला टी२० विश्वकप क्वालिफायर्समा नेपालले पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ। एसियन क्वालिफायर्सको पहिलो खेलमा नेपालले हङकङको सामना गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
आगामी मे ९ देखि २० सम्म थाइल्यान्डमा क्वालिफायर्सका खेल हुँदै छन्। क्वालिफायर्समा आयोजक टोली र नेपालसहित कुवेत, भुटान, मलेसिया, कतार, बहाराइन र यूएई गरी कुल नौ राष्ट्र छन्।
नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह ‘सी’मा छ। तालिका अनुसार, नेपालले मे १० मा बहाराइनसँग, मे १३ मा पुनः हङकङसँग र मे १५ मा पुनः बहाराइनसँग खेल्नेछ। प्रतियोगिताबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५