पञ्जाब किंग्सद्वारा लखनउ सुपर जाइन्ट ३७ रनले पराजित
काठमाडौं । पञ्जाब किंग्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जाबले लखनउलाई ३७ रनले पराजित गरेको हो । पञ्जाबले दिएको २३७ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । लखनउका लागि आयुष बडोनीले ७४ र अब्दुल समादले ४५ रन बनाएका थिए । त्यस्तै पञ्जाबका बलर अर्शदीप सिंहले ३ विकेट लिए भने अज्मतुल्लाह ओमरजाईले २ तथा मार्को जानसेन र युजवेन्द्र चहलले एक एक विकेट लिए ।
यसअघि पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्बाधिक ९१ रन बनाए भने कप्तान श्रेयस अय्यरले ४५, शशांक सिंहले ३३, जोस इंगलिसले ३० रन बनाएका थिए । यो जितपछि पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबको ११ खेलमा १५ अंक रहेको छ । त्यसैगरी लखनउको भने यो छैटौं हार हो । ११ खेलमा १० अंक रहेको लखनउ सातौं स्थानमा रहेको छ ।