शिक्षक आन्दोलनबाट निजी तथा सार्वजनिक यातायात सेवा प्रभावित
काठमाडौं । काठमाडौं केन्द्रित शिक्षक आन्दोलनका कारण निजी तथा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ । आज सोमबार पनि बिहानैदेखि सुरु भएको शिक्षक आन्दोलनले गर्दा काठमाडौंको सार्वजनिक जीवनमा असर पुगेको हो ।
आज दिउँसो राप्रपाले पनि विरोध प्रदर्शन गर्ने कार्यक्रम बनेको थाहा पाएपछि शिक्षकहरूले बिहानैदेखि आन्दोलनका कार्यक्रम तय गरेका थिए । शिक्षकहरू सडकमा उत्रिएपछि काठमाडौंको ट्राफिक व्यवस्थापन जटिल बनेको छ।
माइतीघर-नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ। वैकल्पिक रुटका रूपमा नयाँ बानेश्वरबाट थापागाउँ हुँदै हनुमानस्थानको रुट तय गरिएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ। उक्त सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थी बोक्ने यातायात सेवा सञ्चालन गर्न कठिन भएको छ। (तस्बिरः फाइल)
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३