न्युयोर्कको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु
काठमाडौं । स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा तीन बच्चा, तीन वयस्क छन् ।
हेलिकप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट लिइएका तस्बिरमा हेलिकोप्टर नदीमा उल्टो तैरिरहेको अवस्थामा देखिएको छ । न्युयोर्क प्रहरीका अनुसार पीडितहरूको पहिचान परिवारलाई जानकारी दिएपछि सार्वजनिक गरिनेछ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३