शिक्षकहरूद्वारा कालो मास्क लगाएर मौन प्रदर्शन
काठमाडौं । नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ ।
आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रीत भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लाग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००