म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्ड घाइते
काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड घाइते भएका छन्।
आइतबार एफए कप क्वार्टरफाइनलमा बोर्नमाउथविरुद्ध खेल्दा बायाँ खुट्टाको चोटका कारण ६०औं मिनेटमा उनी प्रतिस्थापित भएका हुन्। नर्वेजियन स्टारले ५६औं मिनेटमा बोर्नमाउथका राइट ब्याक लुइस कुकसँगको ट्याकलमा खुट्टा चोटिल पारेका थिए।
हालान्डले केहीबेर मैदानमै उपचार लिएर खेल्न प्रयास गरेका थिए। तर, केही मिनेटपछि फेरि पीडाले मैदानमा ढलेपछि उनलाई परिवर्तन गर्नुपरेको हो। त्यसबेला खेल १–१ को बराबरीमा थियो। हालान्डले पहिलो हाफमा पेनाल्टी गुमाए पनि दोस्रो हाफमा बराबरी गोल गरेका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
४ जेठ २०८२ ९:५४